{मुग्लिन}
काठमाण्न्डौबाट धरानको लागि बस छुट्यो, बस चलेपछि एकजना बृद्धाले बसको
खलाँसीलाइ भनिन, “बाबु म बुढी मान्छे, निदाउन सक्छु, मुग्लिन आइपुगेपछि
मलाई भन्नु है” खलाँसीले “हुन्छ आमै” भन्यो | त्यसपछि गाडी नौबिसेमा
रोक्यो, बृद्धाले सोधिन, “बाबु मुग्लिन आइपुग्यो?”, खलाँसीले भन्यो,
“आइपुगेको छैन आमै”, फेरी गाडी मलेखु पुगेर खाना खान रोकियो, बृद्धाले फेरी
सोधिन, “बाबु मुग्लिन आइपुग्यो?” खलाँसीले फेरी भन्यो, “आइपुगेको छैन आमै,
पिर नगर्नु मुग्लिन आएपछि हजुरलाई भनिहाल्छु नि”| तर जुन जुन ठाउँमा बस
रोकिन्थ्यो, बृद्धा “मुग्लिन आइपुग्यो?” भनेर सोधीहाल्थिन, यो सुनी सुनी
सबैजना यात्रु पनि अवाक भैसकेका थिए, सबै मिलेर ‘मुग्लिन आइपुगेपछि हजुरलाई
ब्युँझाईदिउँला, आरामसंग सुत्नुस आमै’ भनेर सम्झाए |
लामो बाटो, एउटा एउटा गर्दै सबै यात्रु निदाएछन्, चालकले अचानक ब्रेक लगाउँदा सबैजना ब्युँझिए, यसो झ्याल बाहिर हेर्दा
बस त मुग्लिन कटेर नारायणघाट पो आइपुगेछ, बृद्धा अझै निदाईरहेकी थिईन, सबै
यात्रुले खलाँसीलाइ गाली गर्न थाले, ‘मुग्लिन आइपुग्दा पनि बृद्धालाइ
नब्युँझाईदिएको’ भन्दै | बृद्धा अब अलपत्र पर्ने भईन भन्ने सोचेर सबैजना
आत्तिन थाले अनि चालकलाइ सम्झाई वरी बृद्धा नब्युँझींदै मुग्लिन पुर्याईदिन
आग्रह गरे, चालकले पनि अनुमति जनायो र गाडी फर्केर मुग्लिन आइपुग्यो, अनि
बृद्धालाई ब्युँझाईदिए, “आमै, मुग्लिन आइपुग्यो, उत्रिनुस” बृद्धा छक्क
पर्दै सबैको मुखमा हेरेर सोधिन, “किन बाबु?”, यात्रुले भने, “मुग्लिन आए
पछि हजुरलाई ब्युँझाईदिनु भन्नु भाथ्यो त्यसैले?” बृद्धा बिस्तारै आफ्नो
झोला भित्र हात घुसारिन, र औसधिका दुइटा गोलि निकाल्दै भनिन, “छोरोले
मुग्लिन पुगेपछि नबिर्सीकन यो ओखती खानु भनेको थियो त्यसैले पो….. ”
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक