Saturday, 3 March 2012

डक्टरले रोगीकी

डक्टरले रोगीकी पत्नीलाई
अर्को कोठामा बोलाएर भने, '
तपाईंको श्रीमान्को स्थिति नाजुक छ,
बढी चिन्ता लिनु उहाँका लागि खतरा हुनसक्छ
ज्यान जान पनि सक्छ ।
तर,
तपाइर्ंले मैले भनेअनुसार गर्नुभो भने उहाँ ठीक हुनुहुनेछ ।
उहाँको खानपिनको तालिका मिलाउनुस्,
खानामा मनपर्ने कुरा खुवाउनुस्,
तपाईंका समस्याहरू उहाँलाई नसुनाउनुस् र एउटी
योग्य पत्नीको भूमिका निर्वाह गर्नुस् ।
मुख्य कुरा उहाँ चिन्तित हुने वातावरण नै नबाउनुस् ।'
घर फर्किने वेला बाटोमा
रोगी : डक्टरले मेरोबारे के भन्दैथ्यो ?
पत्नी : तपाइर्ंको ज्यान जाने सम्भावना छ रे !

No comments:

Post a Comment