Saturday, 3 March 2012

छोरो भेट्न

छोरो भेट्न आएको बाबुको
दौरा सुरूवाल्, टोपी पटुका हेर्दै
छोराले भनेछ -
बा !
यस्तो भएर हिंडे त
शहरमा पाखे भनिन्छ,
छोराको लट्टैलट्टा परेको कपाल
मुन्द्री बाला र अनौठो पहिरन हेरेर
बाबुले भनेछ
छोरा !
गाँउमा त यस्तोलाई लाखे भनिन्छ :D:))

No comments:

Post a Comment